ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हिमाल सफाइ अभियानका लागि कोका–कोला र नेपाल सेना बीच साझेदारी

२०७८ बैशाख, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ५, काठमाडौं । कोका–कोलाको दीर्घकालीन साझेदार कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई) ले हिमाल सफाइ अभियान २०२१ का लागि नेपाली सेनासँग हातेमालो गरेको छ । 

हिमालयन क्षेत्रलाई सफा राख्न शुुरु गरिएको यो राष्ट्रिय सफाइ कार्यक्रमको दोस्रो संस्करण हो । यो मल्टिस्टेक होल्डर कार्यक्रमले हिमाललाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ ओटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्देश्य राखेको छ ।

हिमाल सफाइ अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले भने, ‘हामी खुसी छौँस कोका–कोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरु सफा गर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको छ । 

हाम्रो लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो । थप रुपमा, हामी समुदायहरु र साझेदारहरुसँग हिमालहरु सफा राख्नका लागि जागरुकता बढाउनको लागि संलग्न छौँ किनकि हामीलाई थाहा छ व्यवहार परिवर्तन गर्न शिक्षाको कत्ति महत्वपूर्ण भूमिका हुन्छ ।’

विसं २०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक ‘सगरमाथा हिमाल सफाइ अभियान २०७६’ नामक पहिलो हिमाल सफाइ अभियान सञ्चालन गरेका थिए । यस अभियानको माध्यमबाट सगरमाथाबाट ४ हजार ८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५ हजार ६९४ किलोको फोहोर संकलन गरिएको थियो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको हामी प्रशंसा गर्दछौं । अनुकरणीय संयुक्त प्रयासको हिस्सा हुन पाएकोमा हामी खुसी छौं । नेपालको गौरवलाई कायम राख्न सफाइ अभियानको नेतृत्व लिने टोली लिडर र सदस्यहरुलाई धेरै धेरै अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छौं ।’

यस कार्यक्रमले विभिन्न सरकारी, गैर–नाफामुलक संस्था र निजी क्षेत्रका कम्पनीहरुका लागि वातावरणको संरक्षणमा काम गर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साँझा चाँसो राख्ने प्लेटफर्म स्थापना गरेको छ ।

नेपालका कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हाम्रो ग्लोबल ‘वल्र्ड विथआउट वेस्ट’ लक्ष्य भनेको सन् २०३० सम्ममा हामीले बेची सकेको हरेक बोतल रिसाइकल गर्नु हो । हामी फराकिलो सम्बोधनमा आफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौँ । प्लास्टिक फोहोर चुनौती र हिमाली सफाइ अभियान मार्फत हामी नेपाललाई स्वच्छ राख्नेछौँ भन्ने आशा राख्दछौं ।’

सन् २०१८ मा कोका–कोलाले २०३० सम्ममा उत्पादन गर्ने सबै बोतल र क्यानहरुको बराबरी र रिसाइकल गर्ने उद्देश्यले विश्वव्यापी रुपमा वर्ल्ड विथआउट वेष्टको घोषणा गरेको थियो । ग्लोबल भिजनको समर्थनमा नेपालमा कोका–कोलाले धेरै रिसाइक्लिङ इनिसिएटिभहरु पहल गरिसकेको छ ।

आगामी दशकमा नगरमित्र, रिसाइक्लर साथी र रिफ्रेस र रिसाइकलका विभिन्न परियोजनाहरु मार्फत ‘वर्ल्ड विथआउट वेष्ट’ का उद्देश्यहरु प्राप्त गर्न कार्यहरु सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्