ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू बीच कार्यगत एकता अपरिहार्य’

२०७८ बैशाख, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू बीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन् । 

निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने भन्दै संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई जोडतोडका साथ अगाडि बढाउनु पर्ने कुरामा दुवै संस्थाका पदाधिकारीहरूले जोड दिएका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल चेम्वर अफ कमर्सको हालै सम्पन्न ७० औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्षसहित पदाधिकारीहरूको स्वागतमा आइतवार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा सो कुरामा उनीहरुले जोड दिएका हुन् । 

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले चेम्वरका पदाधिकारीहरूलाई स्वागत गर्दै एकता नै बल हो भन्ने कुरालाई मनन गरेर अगाडी बढ्नु आवश्यक रहेको बताए ।

अध्यक्ष शेखर गोल्छाले महासंघले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० सम्पूर्ण निजी क्षेत्रको दस्तावेजको रूपमा रहेको पनि बताए । अध्यक्ष गोल्छाले महासंघ र नेपाल चेम्वर बीचको ऐतिहासिक सम्बन्धका वारेमा स्मरण गर्न आवश्यक रहेको बताए ।

सो अवसरमा चेम्वरका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले महासंघले चेम्वरका निर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो टिमले महासंघसँग संस्थागत सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष मल्लले महासंघले अगाडी सारेको भिजन पेपरको कार्यान्वयनमा के कसरी सहकार्य गरि अगाडी बढ्न सकिन्छ त्यसमा आफ्नो पूर्ण समर्थन रहने पनि बताए । 

कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरू, चेम्वरका तर्फबाट वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपकुमार मल्होत्रा, उपाध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष उर्मिला श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्ष त्रिभुवनधर तुलाधरको सहभागिता रहेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्