ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुबिसुमा इन्टरनेट मस्त जीवन स्वस्थ अफर

२०७८ बैशाख, ६  
बजार
NA

काठमाडौं (अस) । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले नयाँ वर्ष अवसरमा ग्राहक लक्षित ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफरमा ग्राहकले  एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले इन्टरनेट  तथा इन्टरनेट  र क्लियर टिभी सेवाको नयाँ जडान तथा नवीकरणमा एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्नेछ । सेवा २० एमबीपीएसभन्दा माथिको ब्यान्डबिथमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीले स्वास्थ्य बिमाका लागि शिखर इन्स्स्योरेन्ससँग सहकार्य गरेको हो । अफरअन्तर्गत ग्राहकले नेपाल र भारतमा उपचारार्थ १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्