ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महासंघमा पूर्वअध्यक्ष श्रेष्ठको सभापतित्वमा अनुशासन समिति

२०७८ बैशाख, ६  
बजार
NA

काठमाडौं (अस) । नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको दफा ३८ (क) अनुसार महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन भएको छ । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी रहेका छन् । त्यसैगरी समितिका सदस्यमा महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धी एन्ड एसोसिएट्सका संस्थापक अध्यक्ष गान्धी पण्डित रहेका छन् । समितिको सल्लाहकारमा महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्