ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एमएडब्लु वृद्धिको ‘एस्योर्ड बाइब्याक’ योजना

२०७८ बैशाख, ६  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालका लागि फोटन मोटरको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप सेग्मेन्टमै पहिलो पटक आफ्नो फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाइब्याक’ योजना ल्याएको छ ।

नेपालमा टुनल्यान्ड पिकअपको सफलतापछि ग्राहकको विश्वास बढाउन ल्याइएको यो योजनाअन्तर्गत टुनल्यान्ड ई पिकअप बिक्री भएको पाँच वर्षपछि एमएडब्लु वृद्धि आफैंले निश्चित मूल्यमा किन्नेछ ।

‘हाम्रा उत्पादनमाथि विश्वासकै कारण योे ब्रान्डलाई अँगाल्न योजना ल्याएका हौं । आउँदा वर्षमा पनि हाम्रो पिकअपको भ्यालु उच्च रहनेछ । यसलाई विश्वस्त तुल्याउन यो योजना ल्याएका हौं’, एमएडब्लु वृद्धिका सेल्स हेड नवीन आचार्यले भने ।

यस्तै, कम्पनीले एक्सचेन्ज बोनसका रूपमा तीन लाख रुपैयाँ, अनलिमिटेड फ्रि रोडसाइड असिस्ट्यान्स र पाँच वर्षसम्म विस्तार गर्न सकिने निःशुल्क सर्भिसिङको समेत घोषणा
गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्