ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पब्जी मोबाइल च्याम्पियनसिपमा टिभीएस मोटरको प्रायोजन

२०७८ बैशाख, ६  
बजार
Image Not Found

काठमाडौं (अस) । दुई पांग्रे र तीन पांग्रे सवारीसाधन उत्पादक कम्पनी टिभीएस मोटर नेपालमा ‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई  प्रायोजन गर्ने भएको छ । यसलाई टिभीएस मोटरको ब्लुटुथ जडित स्कुटर टीभीएस एनटर्क १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ ।

कम्पनीका अनुसार पब्ज नेपालको लोकप्रिय खेल हो । यो च्याम्पियनसिपले सबैभन्दा राम्रो प्रतिभा भएका खेलाडीलाई प्रस्तुत गर्नेछ ।

च्याम्पियनसिप रजिस्ट्रेसन वैशाख ५ गतेदेखि सुरु हुनेछ भने तीन भाग्यशाली विजेताले टीभीएस एनटर्क १२५ सुपर स्वाड इडिसन स्कुटर जित्ने मौका पाउने कम्पनीले
बताएको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष  दीपक अग्रवालले भने, ‘हाम्रो लक्ष्य भनेको नेपालका युवालाई प्रेरित गर्ने र हाम्रा प्लेटफर्मलाई प्रोत्साहन गर्नमा केन्द्रित छ । हामीले यस्ता संस्थालाई समर्थन गरिरहेका छौं ।’

पब्जी मोबाइल च्याम्पियनसिपमा ६०० भन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यानल र १६ स्ट्रिमर सहभागी हुने अपेक्षा कम्पनीको छ । फोरक गेमिङ नेपाल, एसके४९, मिस्टर हाइजु खेल समावेश रहेको च्याम्पियनसिप आगामी ४५ दिनसम्म चल्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्