ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कर्णालीका नवनियुक्त तीन मन्त्रीद्वारा शपथग्रहण

२०७८ बैशाख, ६  
कर्णाली प्रदेश
Image Not Found

सुर्खेत (अस) । कर्णाली प्रदेशका तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको मन्त्रिमण्डलमा शनिवार हेरफेर भएपछि कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आइतवार एक समारोहबीच प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढालाई शपथ गराएका हुन् । समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाहीलगायत उच्चपदस्थ अधिकारीको उपस्तिथि थियो ।

कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री शाहीलाई मतदान गरेका एमाले माधव नेपाल समूहका तीन सांसद मन्त्री बनेका हुन् । नवनियुक्त तीनै जना मन्त्रीलाई नेकपा एमाले कर्णाली प्रदेश कमिटीले यसअघि नै साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्