ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोमवार पनि बढ्यो सुनको मूल्य, चाँदीको भाउ भने स्थिर

२०७८ बैशाख, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ६, काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. २०० ले बढेको सुनको भाउ सोमवार रू. ३०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको थियो । 

यस्तै, सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतवार प्रतितोला रू. एक हजार ३०० मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्