ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्जमा कक्षा १ देखि ५ कक्षासम्मको पठनपाठन बन्द

२०७८ बैशाख, ६  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ६, वीरगञ्ज  । कोरोना संक्रमण बढेपछि वीरगञ्जका विद्यालय सोमवारदेखि बन्द गराइएका छन् । वीरगञ्ज महानगरपालिकाले कक्षा १ देखि ५ कक्षासम्मको पठनपाठन बन्द गराएको हो । 

महानगरको शैक्षिक प्रशासन महाशाखाले अर्को सूचना नहुन्जेलका लागि वीरगञ्जका सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ ।

देशव्यापी रुपमा कोरोना संक्रमण फैलिइरहेको र यसबाट विद्यालयका बालकालिका प्रत्यक्ष जोखिममा परेकाले विद्यालय बन्द गराइएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतले बताए । 

विद्यालय सञ्चालकहरूले परीक्षा चलिरहेको भन्दै विद्यालय बन्द गर्न आनाकानी गर्दै आएका थिए । आन्तरिक मूल्यांकनबाट विद्यार्थीको कक्षा वृद्धि गर्नुपर्ने महानगरको सूचनामा उल्लेख छ ।  


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्