ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.४४% ले घटेको बजारमा नागरिक लगानी कोषको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७८ बैशाख, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ६, काठमाडौं । सोमवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ११ दशमलव ९० अंकले घटेर २ हजार ६८७ दशमलव ६० विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ४४ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २११ ओटा कम्पनीको रू. २ अर्ब ८६ करोड ५४ लाख ३२ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९८ र ९ दशमलव ९४ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १९ करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४ हजार ५ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जलविद्युत्, वित्त र लघुवित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ । जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४ दशमलव ४७ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्