ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

४ अर्ब २९ करोडको कारोबार भएको बजारमा ३ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि (२ बजेको अपडेट)

२०७८ बैशाख, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ६, काठमाडौं । सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २३ दशमलव १० अंकले घटेर २ हजार ६७६ दशमलव ४१ विन्दुमा पुगेको छ । 

शून्य दशमलव ८६ प्रतिशतले घटेको बजारमा २१२ ओटा कम्पनीको रू. ४ अर्ब २९ करोड ९१ लाख १ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको बढे छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जलविद्युत् र वित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ । जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ५ दशमलव १८ प्रतिशतले घटेको छ । 

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २३ करोड १० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३ हजार ९९९ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा जलविद्युत् लगानी तथा विकास कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. हजार ४७३ मा रू. १९ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्