ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर मूल्य हालसम्मकै उच्च विन्दुमा, प्रतिकित्ता रू.६१० पुग्यो

२०७८ बैशाख, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ६, काठमाडौं ।  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको शेयर मूल्य सोमवार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६१० पुगेको हो । सोमवार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २ दशमलव ८५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको हो । 

कम्पनीको गत माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यो समाचार तयार पार्दाको समय २ : १४ बजेसम्म कम्पनीको १ लाख ८ हजार २० कित्ता शेयर खरीदविक्री भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्