ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अपी पावरले चन्द्रनिगाहपुरमा ४ मेवाको सौर्य आयोजना सञ्चालनमा ल्याउने 

२०७८ बैशाख, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ६, काठमाडौं । अपि पावर कम्पनीद्वारा निर्माणाधीन ४ मेगावाट(मेवा) क्षमताको चन्द्रनिगाहपुर सौर्य आयोजना वैशाख महीनाभित्र सञ्चालनमा आउने भएको छ ।

अहिले यसको अन्तिम चरणमा कामहरु द्रुत गतिमा भइरहेको कम्पनीले बताएको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा जडान हुनेछ ।

यो आयोजना ईपीसी मोडेल अन्तर्गत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो । यसैगरी कम्पनीले ढल्केबर र सिमरामा १/ १ मेवा क्षमताको अर्को आयोजना पनि निर्माण शुरु गरेको छ । ती आयोजनाहरु केही महीनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि कम्पनीले बताएको छ ।

नेपाल विद्युत् प्राधिकरण र अपि पावर कम्पनीका बीच विसं २०७५ को साउन २७ गते निजी क्षेत्रबाट ग्रीड कनेक्टेड सौर्य विद्युत् आयोजनाको विद्युत् खरीदविक्री सम्झौता भएको थियो ।

सम्झौता अन्तर्गत जम्मा १८ दशमलव ५ मेवा क्षमताका विभिन्न आयोजनाहरु निर्माण गरिनेछ । यस अन्र्तगत कम्पनीले पहिलो चरणमा तीन आयोजनाबाट ६ मेवा विद्युत् उत्पादन गर्नुपर्ने छ । ती आयोजनाहरुको निर्माण अवधि १० महीनाको रहेको छ । नेपालमा निजी क्षेत्रबाट प्रवर्द्धित ती पहिला आयोजना भएको कम्पनीले बताएको छ ।

उक्त आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरण ११ केभी. र ३३ केभी प्रशारण लाइनमा जडान गरिनेछ ।यी आयोजनाको विद्युत् खरीदविक्री दर  ७ रुपैयाँ ३० पैसा प्रतियुनिट रहेको छ । 
 
ती आयोजनाहरुको निर्माण पछि अपि पावर कम्पनीसँग ५६ दशमलव ५ मेवा जलविद्युत् तथा १८ दशमलव ५ मेवा सौर्य उर्जा गरी जम्मा ६२ दशमलव ५ मेवाका आयोजनाहरु हुनेछन्। उक्त आयोजनाको निर्माण सम्पन्न गरेपछि कम्पनीको नाफामा उल्लेखित रुपमा बढ्नेछ र शेयरधनीहरुले मुनाफा वृद्धि हुने कम्पनीले बताएको छ ।

कम्पनीले यसअघि नै दार्चुला जिल्लामा ८ दशमलव ५ मेवा र ८ मेवा क्षमताका दुई ओटा आयोजना निर्माण गरि सञ्चालनमा ल्याएको छ भने आगामी वर्ष कम्पनीले दार्चुला जिल्लामा ४० मेवा क्षमताको अपर चमेलीया जलविद्युत् आयोजना सञ्चालन गर्नेछ । हाल उक्त आयोजनाको निर्माण कार्य भइरहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्