ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने मंगलवार अन्तिम दिन 

२०७८ बैशाख, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ६, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार कार्यालय समयसम्म रहेको छ । 

कम्पनीको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर गत चैत ४ गते देखि लिलामीमा विक्री खुला गरेको भएको हो । उक्त खरीद गर्न इच्छुक योग्य संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले मंगलवार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

साथै, संस्थापकहरुलाई प्रथामिकता दिई यो सूचना प्रकाशित गरेको ३५ दिनको समय दिएको हुनाले सस्थापक शेयरधनीलाई कुनै पनि ३५ दिने सूचना प्रकाशित नगरेको कम्पनीले जानकारी गराएको छ । 

शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू. ४३७ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्