ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मास्क नलगाई सार्वजनिक सवारी र कार्यालयमा प्रवेश गर्न नपाईने

२०७८ बैशाख, ६  
समाचार
Image Not Found
फाइल फोटो

वैशाख ६, काठमाडौं । सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरेको हो ।

सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालकरसहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ । मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख छ ।

यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश नपाइने निर्णय गरेको छ ।

त्यस्तै, सोही बैठकले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने निर्णय गरेको छ । उक्त समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने जानकारी दिइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्