ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लक्ष्मी बैंकको नयाँ वर्ष अफर : ओरेन्ज सेभिङ प्लस खातामा आकर्षक सुविधा

२०७८ बैशाख, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ६, काठमाडौं । लक्ष्मी बैंकले ग्राहकहरुका लागि प्रिमियम बचत खाता ओरेन्ज सेभिङ प्लसबाट ४ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरू ल्याएको छ ।

अब ओरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले रू १ लाखसम्मको वार्षिक स्वास्थ्य बीमा र रू.१० लाखसम्मको दूर्घटना मृत्यरअक्षमता बीमा सुविधा पाउन सक्ने कम्पनीले बताएको छ ।

कम्पनीले डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै कम्पनीको डेबिट कार्ड नेपाल भरी कुनै पनि एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने पनि बताएको छ ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महीनाभरी ओरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि–पेड डलर कार्ड ‘ओरेन्ज कार्ड’ निःशुल्क प्राप्त गर्नेछन् । सो अफर ओरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्