ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चीनको गरिबी निवारण र वातावरणीय पहलमा ७.७ अर्ब डलर खर्चदै टेन्सेन्ट 

२०७८ बैशाख, ६  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख ६, पेचिङ (चीन) । चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टले घरेलु स्तरमा वातावरणीय र सामाजिक पहलहरुमा ५० अर्ब युआन (७ अर्ब ६८ करोड डलर) खर्च गर्ने बाचा गरेको छ । एकाधिकार विरोधी नियामकहरुले ठूला प्रविधि कम्पनीहरु माथि निगरानी बढाएकै बेलामा कम्पनीले यस्तो बाचा गरेको हो । 

आफ्नो लगानी आधारभूत विज्ञान, शैक्षिक नवप्रवर्तन, ग्रामीण पुनर्निर्माण, कार्बन तटस्थता, खाद्य, ऊर्जा र जल व्यवस्थाका साथसाथै सार्वजनिक आपतकाल, वरिष्ठ नागरिकका लागि प्रविधि र जनकल्याणमा खर्च हुने कम्पनीले बताएको छ । 

यस्तो पहललाई तीव्र बनाउन कम्पनीले कर्पोरेट विकास समूहको पनि गठन गर्ने भएको छ । सो रकम कति समयमा खर्च गरिने हो भन्नेबारे चाँहि कम्पनीले केही पनि बताएको छैन । टेन्सेन्ट चीनको सबैभन्दा ठूलो सामाजिक सञ्जाल र भिडियो गेम कम्पनी हो । 

देशकै ठूलो अनलाइन कम्पनीलाई २ अर्ब ७५ करोड डलर बराबरको जरिवाना तिराएको दुई दिनपछि गत हप्ता चीनको बजार नियामकले ठूला इन्टरनेट कम्पनीहरुलाई प्रतिबन्धित गतिविधिहरु नगर्न चेतावनी दिएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्