ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हावाहुरीका कारण आँप, लिचीमा क्षति

२०७८ बैशाख, ७  
प्रदेश ०१
NA

उदयपुर । शुक्रवार र शनिवार साँझ आएको भीषण हावाहुरीका कारण उदयपुरको पहाडी क्षेत्रका केही स्थानसहित तराईको त्रियुगा नगरपालिका, चौदण्डी गढी र बेलका नगरपालिकासहितका स्थानमा फल लाग्न थालेको लिची र आँपमा क्षति पुगेको छ । शुक्रवार साँझ र राति आएको भीषण हावाहुरीको कारण त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याइ, देउरी, बगाहा तथा श्रीपुर क्षेत्रमा फल लाग्न थालेको आँप र फुलेर फल लाग्न थालेको लिचीमा निकै क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

त्रिनपा–१ जोगिदहमा दुई दिन आएको हावाहुरीले भर्खरै फल लाग्न थालेको लिची र आँपमा निकै क्षति पुगेको जोगिदह बरगाछीका अमेन्द्रलाल चौधरीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्