ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कुमारी बैंक–ल्यान्डमार्क फुडस् सहकार्य

२०७८ बैशाख, ७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । कुमारी बैंक लिमिटेड र जावलाखेलस्थित ल्यान्डमार्क फुडस्बीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार रेस्टुराँका विभिन्न सेवामा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकलाई छुटको व्यवस्था छ ।  सम्झौतापत्रमा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य तथा ल्यान्डमार्क फुडस्का संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे । बैंकको प्रधान कार्यालय टंगालमा उक्त छुटसम्बन्धी सम्झौता गरिएको हो ।

सहकार्यपछि बैंकका ग्राहकले ल्यान्डमार्क फुडस्का विभिन्न खानपिनमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले १९३ शाखा, १६५ एटीएम, २६ शाखारहित इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्