ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चरिकोट–नाम्दुबजार सडकखण्ड कालोपत्र

२०७८ बैशाख, ७  
वाग्मती प्रदेश
Image Not Found

दोलखा । नेपालको स्वीट्जरल्यान्ड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डको चरिकोटबाट नाम्दुबजारसम्म २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर टाढा रहेको जिरीसम्म पुग्न साँघुरो तथा घुमाउरो सानो सडक सुधार गर्ने क्रममा चरिकोटबाट तामोकोशी खण्डको २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको निर्माण कम्पनीले बताएको छ ।

चरिकोटबाट १७ किलोमिटर तामाकोशी बजार र त्यसपछि नाम्दु बजारसम्म ५ किलोमिटर गरी २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । कम्पनीका अनुसार चरिकोट–जिरी सडकखण्ड अन्तर्गत सडक चौडा पारी कालोपत्र गर्ने काम ६६ प्रतिशत भइसकेको बताएको छ । अबको केही महिनामै बाँकी कालोपत्रको काम सकिने गरी तीव्ररूपमा भइरहेको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए ।     

लामाका अनुसार केही महीनाभित्रै चरिकोटबाट जिरीसम्म सडक मर्मत सुधार भई भीमेश्वर नगरपालिका, वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा आन्तरिक, बाह्य पर्यटक तथा आगन्तुकलाई सहजरूपमा आवतजावत गर्न सकिने बताए । चरिकोटबाट जिरीसम्म ५५ किलोमिटर सडक मर्मत सुधार गरी कालोपत्र गर्नेसम्मको काम २०७८ भदौसम्म सम्पन्न गर्ने गरी भारतको उडहिल इन्फ्रास्ट्रक्चर लिमिटेड कम्पनी र नेपालका लामा कन्स्ट्रक्शन कम्पनी लिमिटेडले संयुक्त रूपमा ठेक्का पाएको थियो ।  
 
हाल सडक खन्ने, चौडा बनाउन, ग्याबिन पर्खाल र नाला बनाउने काम तीव्ररूपमा अगाडि बढ्दै गइरहेकाले ६६ प्रतिशत काम सकिएको लामा कन्स्ट्रक्शन कम्पनीका प्रबन्धक रवीन्द्र श्रेष्ठले बताए । गाह्रो र अप्ठ्यारो स्थानमा गर्नुपर्ने ग्याबिन जाली, सडक चौडा गर्ने काम, कल्भर्ट निर्माण तथा ग्राभेल गर्ने काम धमाधम भइरहेकाले निर्धारित समयमै काम सकिने उनको भनाइ छ । यही गतिमा काम भए समयमै काम सकिन्छ,’ उनले भने ।

कुनै स्थानमा भीर काट्नुपर्ने, सानो सडक चौडा गर्नुपर्ने, भीरमा जाली राख्नुपर्ने जस्ता काम सकिएको र अब सजिलो काम मात्रै बाँकी रहेकाले आगामी वर्ष सम्पन्न गर्न सकिने कम्पनीले बताएको छ । मुडेबाट चरिकोट बजारसम्मका २६ किलोमिटर सडक कालोपत्र भइसकेपछि चरिकोट–तामाकोशी हँुदै जिरीसम्मको सडक मर्मत सुधार हुनेछ । यसले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।

लामोसाँघु–जिरी सडक स्वीस सरकारले २०३१ सालदेखि खाडीचौरबाट खन्न शुरू गरेको थियो भने २०३४ मा एकतर्फी मोटर सञ्चालन हुनेगरी कालोपत्र भएको स्थानीवासी बताउँछन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्