ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३६.६३ % भन्दा बढी नाफा गरेको गरिमा विकास बैंकको वितरणयोग्य नाफा ४९ करोडभन्दा बढी

२०७८ बैशाख, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रू. ६७ करोड ८२ लाख ७६ हजार खुद नाफा गरेको छ । 

मंगलवार प्रकाशित तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यसवर्ष कम्पनीको खुद नाफा ३६ दशमलव ६३ प्रतिशतभन्दा बढी भएको छ । गत वर्ष यो अवधिसम्म कम्पनीको खुद नाफा रू. ४९ करोड ६४ लाख १९ हजार थियो ।

यसवर्ष सञ्चालन नाफा समेत ३९ दशमलव ९७ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ७० करोड ७४ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ९६ करोड ८९ लाख २१ हजार यो नाफा गरेको हो ।

तेस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा रू. ४९ करोड २ लाख ९८ हजार रहेको छ । कम्पनीले यस अवधिसम्म रेगुलेटरी रिजर्भमा रू. ४ करोड ५५ लाख ३९ हजार छुट्याएको छ ।

१३ दशमलव ५० प्रतिशतले बृद्धि भएर कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । जगेडा कोष रकम पनि गत वर्षभन्दा ४५ दशमलव ९२ प्रतिशत बढेर रू. ९३ करोड २ लाख ७७ हजार पुगेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको निक्षेप संकलन ३९ दशमलव ५३ प्रतिशत र कर्जा प्रवाह ४४ दशमलव २८ प्रतिशत बढी भएको छ । 

यसवर्ष कम्पनीले रू. ५९ अर्ब २० करोड ५४ लाख ३८ हजार निक्षेप संकलन गरेको छ भने रू. ५० अर्ब २९ करोड ७० लाख ८२ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव २४ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यो वर्ष शुन्य दशमलव ५८ प्रतिशत कायम भएको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २४ दशमलव ६० र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ९२ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्