ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोहोरो अंकले घटेको बजारमा ज्योति लाईफको शेयरमूल्य उच्च दरमा वृद्धि

२०७८ बैशाख, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । साताको पहिलो दिनदेखि घटेको बजार मंगलवार पनि घटिरहेको छ ।

कारोबारको १० मिनेटको अवधिसम्म नेप्से परिसूचक १२ दशमलव ३८ अंक घटेर २ हजार ६४९ दशमलव ५५ विन्दुमा झरेको हो । घटिरहेको बजारमा ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य भने ९ दशमलव ९६ प्रतिशत बढेको छ । 

यस अवधिसम्म उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६८ ले बढेर अन्तिम मूल्य रू. ७५१ पुगेको हो । यो दिन सर्वाधिक खरीद माग रहेको कम्पनी पनि ज्योति लाईफनै रहेको छ ।

१० मिनेटको कारोबार अवधिसम्म ३ हजार ९० ओटा अर्डरबाट कम्पनीको ६ लाख ८२ हजार ३२५ कित्ता शेयर खरीद माग रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्