ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकको खुद नाफा १ अर्बभन्दा बढी

२०७८ बैशाख, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ५६ लाख खुद नाफा आर्जन गरेको छ । 

मंगलवार प्रकाशित वित्तीय विवरण अनुसार यो नाफा गत आवको यसै अवधिको तुलनामा ४८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ६७ करोड ६० लाख खुद नाफा अर्जान गरेको थियो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ८२ करोड ८७ लाख रहेको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा र सञ्चालन नाफा वृद्धि भएकाले सोसँगै कम्पनीले खर्च नियन्त्रण गरेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ११ प्रतिशत र सञ्चालन नाफा ४७ प्रतिशतले वृद्धि भएको छ ।नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१८ दशमलव ७३ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २७ दशमलव ८७ पुगेको छ ।
 चुक्तापूँजी रू. ४ अर्ब ८१ करोड १५ लाखभन्दा बढी रहेको उक्त कम्पनीले जगेडा कोषमा रू.१ अर्ब १ करोड ३२ लाख ९४ हजार र रिटेण्ड अर्निङमा रू. ८३ करोड ५८ लाखभन्दा बढी सञ्चित गरेको छ । 

कम्पनीको मूल्य आम्दानी अनुपात १५ दशमलव ४७ टाइम्स, तरलता अनुपात २१ दशमलव ४८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ४३ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्