ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मंगलवार तोलामा ३०० ले घट्यो सुनको मूल्य, चाँदीको भाउ भने स्थिर 

२०७८ बैशाख, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य घटेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. २०० ले उकालो लागेको सुनको भाउ मंगलवार रू. ३०० ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजारमा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ३०० ले घटेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको थियो । 

यस्तै, मंगलवार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । गत वैशाख ३ गतेदेखि स्थिर रहेको चाँदीको मूल्यले मंगलवार पनि निरन्तरता पाएको छ । गत वैशाख ३ गतेदेखि १ हजार ३०० मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूलयमा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्