ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मंगलवार पहिलो घण्टामा ०.८५ % ले बढ्यो नेप्से परिसूचक (१२ बजेको अपडेट)

२०७८ बैशाख, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । मंगलवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २२ दशमलव ६२ अंकले बढेर २ हजार ६८४ दशमलव ५५ विन्दुमा पुगेको छ ।  

२ हजार ६७३ दशमलव २४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८५ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा २०३ ओटा कम्पनीको १७ हजार ८०१ पटकको कारोबारमा २५ लाख ६५ हजार १५० कित्ता शेयरको रू. १ अर्ब ३९ करोड ३७ लाख ९६ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ७५१ कायम भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, लगानी समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १० करोड ७७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४ हजारमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्