ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना संक्रमण भए/ नभएको ५ मिनेटमै पत्ता लगाउने प्रविधि पत्ता लगायो जापानले 

२०७८ बैशाख, ७  
अन्तरराष्ट्रिय
Image Not Found
रिकेन रिसर्च इन्स्टिच्युटका अध्यक्ष हिरोशी मोतुमोसु सो अनुसन्धान बारे जानकारी दिंदै

वैशाख ७, टोकियो   । जापानले पाँच मिनेटमा नै कोभिड- १९ को सङ्क्रमण भए/  नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको बताएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको हो ।     
     
यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरुले मंगलवार यो समाचार सार्वजनिक गरेका छन् । हाल जापानमा पनि पीसीआर टेस्ट नै प्रचलनमा छ । तर पनि यो प्रविधिबाट हाल कोभिड- १९ को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ ।

अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेट भित्रैमा उसको शरीरमा कोभिड - १९ पोजेटिभ भए/  नभएको पत्ता लाग्ने छ ।     
     
यो प्रविधिले अब यहाँ कोरोनाको सङ्क्रमणको परीक्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने कुरा विज्ञहरुले बताएको भन्दै यहाँको राष्ट्रिय टेलिभिजन संस्था एन एच केले उल्लेख गरेको छ ।     

उक्त इन्स्टिच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने जानकारी दिए । रासस/ सिन्ह्वा 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्