ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला लघुवित्तको शेयर मूल्य १० % वृद्धि, प्रतिकित्ता रू. १६०६ पुग्यो

२०७८ बैशाख, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । कारोबारमा आएको २१ औं दिन मंगलवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६०६ पुगेको हो । विक्रेताभन्दा क्रेता अत्याधिक भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । कम्पनीको शेयर पहिलो कारोबार दिन प्रतिकित्ता रू. ४४६ मा कारोबार भएको थियो । 

कम्पनीले पहिलो कारोबारका लागि रू. ३१३ दशमलव १६ देखि ९३९ दशमलव ४८ ओपन रेञ्ज पाएको थियो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले गत माघ २८ गतेदेखि फागुन २ गतेसम्म ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।  

कम्पनीले ५ हजार कित्ता कर्मचारीको लागि,२० हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो । कम्पनीको आईपीओ ३७ हजार ५०० जनाले गोलाप्रथाद्वारा १० कित्ताका दरले पाएका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्