ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोस्रो घण्टामा ०.२७% ले बढ्यो नेप्से, नागरिक लगानी कोषको सर्वाधिक कारोबार कारोबार (१ बजेको अपडेट)

२०७८ बैशाख, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । मंगलवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ७ दशमलव १४ अंकले बढेर २ हजार ६६९ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव २७ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा २०९ ओटा कम्पनीको रू. २ अर्ब ७० करोड ७८ लाख ५२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । 

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड २६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३ हजार ९७० कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये वित्त, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्