ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कतारी रियाल वैशाख २७ गतेभित्र सटही गर्न राष्ट्र बैंकद्वारा अनुरोध

२०७८ बैशाख, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७,  काठमाडौं । नेपाल राष्ट्र बैंकले चलनचल्तीमा रहेका कतारी रियाल वैशाख २७ गतेभित्र सटही गर्नुपर्ने बताएको छ ।

केन्द्रीय बैंकले मंगलवार सूचना जारी गर्दै हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई सटही गरिसक्न भनेको हो ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोटहरु १ जुलाई अर्थात् असार १७ गतेदेखि नचल्ने निर्णय गरेको भन्दै केन्द्रीय बैंकले नेपालमा वैशाख २७ गतेसम्म मात्रै कतारी रियाललाई सटही गरिने राष्ट्र बैंकले बताएको छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरुलाई तोकिएको मितिभित्र कतारी रियाल साट्न भनेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्