ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

करीब ४ अर्बको कारोबार भएको बजारमा २ ओटा कम्पनीको शेयरमूल्य १०% ले बढ्यो (२ बजेको अपडेट)

२०७८ बैशाख, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक १ दशमलव १४ अंकले बढेर २ हजार ६६३ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । 

शून्य दशमलव शून्य ४ प्रतिशतले बढेको बजारमा २१० ओटा कम्पनीको रू. ३ अर्ब ८५ करोड ६१ लाख २ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा महिला लघुवित्त र युनाईटेड मोदी हाइड्रोपावरकोे शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ र लगानी समूहको परिसूचक शून्य दशमलव १३ र शून्य दशमलव ८७ प्रतिशतले घटेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त,  जीवन बीमा र  म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १६ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३ हजार ९५६ कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल इन्फ्रास्टक्चर बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ५७८ मा रू. १३ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्