ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अजोड इन्स्योरेन्सको तेस्रो साधारण सभा सम्पन्न, दुई जना सञ्चालक निर्वाचित

२०७८ बैशाख, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।

सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित गरेको छ । साथै कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ ।

सोही नियुक्तीलाई साधारण सभाले अनुमोदन पनि गरेको छ ।  साथै सभाले आव २०७६/ ७७ को तेस्रो वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

कम्पनीले हालसम्ममा सात ओटा प्रादेशिक कार्यालय, २२ ओटा शाखा, १७ ओटा उपशाखा कार्यालयहरु र १० ओटा बीमा काउण्टरहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ करोड ६ लाख नाफा कमाएको छ । सो अवधिमा कम्पनीले रू.६८ करोड २३ लाख बीमाशुल्क आर्जन गरेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्