ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिन्धुपाल्चोकमा ४० रोपनीमा औद्योगिक ग्राम बनाइदैं

२०७८ बैशाख, ७  
वाग्मती प्रदेश
Image Not Found
औद्योगिक ग्राम बन्ने स्थलको निरीक्षण गर्दै नगरप्रमुख अमानसिं तामाङसहित प्राविधिकहरुको टोली /तस्वीर : सुन्दर शिरीष/ आर्थिक अभियान
author avatar अभियान संवाददाता

वैशाख ७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा औद्योगिक ग्राम बन्ने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– ४ देउरालीमा औद्योगिक ग्राम बन्ने भएको हो । 

४० रोपनी क्षेत्रफल समेट्ने उक्त औद्योगिक ग्राम निर्माणका लागि नगरपालिका र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बीच सम्झौता भइसकेको छ । सम्झौता अनुसार औद्योगिक ग्रामका लागि मन्त्रालयले ९२ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

उक्त रकमले यस वर्ष जग्गा तयारी (फाउन्डेसन) गरिने नगरप्रमुख अमानसिं तामाङले जानकारी दिए । नगरपालिकाले उक्त क्षेत्रमा प्राविधिकहरूसहित स्थलगत निरीक्षण गरेको छ ।

नगरप्रमुख तामाङसहित नगर सल्लाहकार चन्द्र सापकोटा, प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद पौडेल, इञ्जिनीयर बद्रीनारायण भुजेल लगायत प्राविधिकहरुको टोलीले औद्योगिक ग्राम निर्माण गरिने स्थल निरीक्षण गरेका छन् । नगर प्रमुख तामाङका अनुसार एक साताभित्र ग्रामको पूर्वाधार निर्माण गर्न बोलपत्र आह्वान गरिने छ । 

निर्माणाधीन औद्योगिक ग्राममा कृषि उत्पादन प्रशोधन उद्योग, डेरी उद्योग, जडीवुटी प्रशोधन उद्योग, काठ तथा बाँसबाट बन्ने उत्पादनमुलक उद्योग, खानी तथा खनिजमा आधारित उद्योग सञ्चालन गर्न सकिने बताइएको छ । 

त्यस्तै औद्योगिक ग्राममा पानी प्रशोधन उद्योग, विभिन्न प्रकारका मेसिन तथा मेसिनरी उद्योग, प्राविधिक, सीपमूलक कार्यमा आधारित सामग्री उद्योग, सफ्टवेयर सामग्री उत्पादन, स्थानीयहरूको मागमा आधारित अन्य उद्योग पनि रहने छन् ।

‘मूख्यतः स्थानीय स्तरमा उपलब्ध हुो कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ र खेर गएका वस्तु प्रयोग गरी उत्पादन गरिने उद्योगलाई प्राथमिकता दिईने छ’, इञ्जिनीयर बद्रीनारायण भुजेलले भने, ‘यो सिन्धुपाल्चोककै पहिलो औद्योगिक ग्राम हुने हुँदा हामीले विशेष ध्यान दिइरहेका छौं ।’ 

उद्योग सञ्चालनको लागि महिला उद्यमी वा ३० वर्षभन्दा कम उमेरका युवा उद्यमीलाई पहिलो प्राथमिकता दिइने उनले बताए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्