ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तीन महीनामा जे एन्ड जेले बेच्यो १० करोड डलरको कोरोना विरोधी खोप 

२०७८ बैशाख, ७  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख ७, न्यूयोर्क (अमेरिका) । अमेरिकी फर्मा कम्पनी जोन्सन एण्ड जोन्सन (जेएण्डजे) ले यस वर्षको पहिलो तीन महीनामा १० करोड डलर बराबरको कोभिड–१९ विरोधी खोप बेचेको छ । 

खोप लगाएपछि रगत जम्ने समस्याको अनुसन्धान गर्न अमेरिकी नियामकहरुले घरेलु स्तरमा खोपको प्रयोगमा रोक लगाइरहेको समयमा यो तथ्यांक सार्वजनिक भएको हो । कम्पनीले कोभिडको एक मात्रा मात्रै लगाए पुग्ने खोप विकास गरेको छ । 

समग् फर्मा कम्पनीले भने समीक्षा अवधिमा १२ अर्ब १९ करोड डलर आम्दानी गरेको छ । आम्दानीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ६ प्रतिशत धेरै हो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्