ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बागलुङ बजार अनुगमन : तीन जना व्यावसायीलाई कारवाही

२०७८ बैशाख, ७  
गण्डकी प्रदेश
Image Not Found
फाइल फोटो
author avatar अर्जुन कार्की

वैशाख ७, बागलुङ । बागलुङ जिल्लामा कालोबजारी गर्ने तीन जना व्यावसायीलाई कारवाही गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौंबाट आएको टोलीले बागलुङ बजारको अनुगमन गरी नियमपूर्वक काम नगरेका तीन जना व्यावसायीलाई कारवाही गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त टोलीले मंगलवार अनुगमन गर्दा मूल्य सूची अपडेट नगरिएको, लेबलिङ नभएको, बिल ठिक ढंगले नराखेको पाइएपछि तीन जना व्यवसायीलाई कारवाही गरिएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । 

अध्यक्ष श्रेष्ठले बजार अनुगमनको क्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ मा रहेको प्रधान प्रदर्शका प्रोपाइटर कमलकुमार श्रेष्ठ, बागलुङ नगरपालिका–२ को अशोक इम्पोरियमका प्रोपाइटर अशोक कुमार श्रेष्ठलाई ५०/५० हजार रुपैयाँ र मुक्तिनाथ अस्पताललाई १० हजार रुपैयाँ जरिवाना गरिएको बताए । 

बागलुङ बजारमा पटक–पटक अनुगमन भएपनि व्यावसायीबाट उपभोक्ता माथि खेलबाड हुन नछोडेको भन्दै अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने बागलुङ बजारबासीहरुले माग गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्