ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरका लागि आव्हान गरेको बोलपत्र आज खोलिदैं 

२०७८ बैशाख, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ८, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरीदका लागि आव्हान गरिएको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । 

कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर विक्रीका लागि चैत ४ गतेदेखि वैशाख ७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । 

उक्त अवधिमा प्राप्त बोलपत्र आज (बुधवार) बिहान ९ बजे विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, काठमाडौंमा खोलिने भएको हो । 

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य रू. ४३७ तोकेको थियो । तोकिएको वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्ने आवेदनहरु मात्र बाँडफाँटमा सहभागी गराइने कम्पनीको भनाइ छ । यो शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्