ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आरएमडीसी लघुवित्तको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन 

२०७८ बैशाख, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ८, काठमाडौं । वैशाख २ गतेदेखि लिलामीमा आएको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ । 

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको कम्पनीको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक शेयर वैशाख ८ गते सम्मका लागि लिलामीमा आएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४३५ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले रितपूर्वक आवेदन दिनको लागि कम्पनीले सूचनामार्फत आग्रह गरेको छ । आवेदन दिंदा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

उक्त शेयर बाँडफाँटमा पर्ने आवेदकहरुले कम्पनीले वैशाख २ गतेपश्चात घोषणा गर्ने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश प्राप्त गर्न सक्नेछन् । दोस्रो बजारमा कम्पनीको साधारण शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार १८८ रहेको छ । 

गत आर्थिक वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्