ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयरबजारमा इन्साइड ट्रेडिङ भएकै हो त ?

२०७८ बैशाख, १०  
पाठक विचार
NA

नेप्से परिसूचक १२ सयभन्दा तल हुँदा लगानीकर्ता आत्तिएका थिए । अहिले नेप्से परिसूचक धेरै नै बढिसकेको छ । अहिले धेरै क्षेत्रको मूल्य निकै बढी देखिन्छ । बैंकिङमा पनि कोभिडले तहसनहस हुन्छ भन्ने अनुमान थियो । त्यो भएन । तैपनि कम्पनी अनुसार केहीको मूल्य बढी छ ।

शेयरबजारमा पछिल्लो समय गोप्य सूचना चुहाएर व्यापार भइरहेको अनुमान छ । विभिन्न हल्ला ल्याउने र कम्पनीको मूल्य उचाल्ने काम भइरहेको छ । मर्जर र हकप्रदको हल्ला सामान्य भइसकेको छ । कम्पनीको गोप्य सूचना चुहाएर भएका केही कारोबारले सामान्य लगानीकर्ता नराम्ररी फसेको समेत पाइन्छ । यसलाई धितोपत्रबोर्डले कडाइ गर्नु आवश्यक छ ।

विद्या महर्जन
चाबहिल, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्