ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्ज उद्योग वाणिज्य संघमा संयोजक मनोनित 

२०७८ बैशाख, १०  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १०, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले विभिन्न समितिका संयोजक मनोनित गरेको छ । संघका अध्यक्ष सुवोधकुमार गुप्ताले वाणिज्य समितिको संयोजकमा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाललाई मनोनित गरेका छन् । 

त्यसैगरी उद्योग समितिको संयोजकमा उपाध्यक्ष हरिप्रसाद गौतम र रोजगारदाता समितिको संयोजकमा अर्का उपाध्यक्ष माधव राजपाल मनोनित भएका छन् । अध्यक्ष गुप्ताले उद्योग, वाणिज्य र रोजगारदाता समिति महत्वपूर्ण भएको बताए ।

उद्योग र व्यापार फस्टाउने वातावरण निर्माण गर्न समितिहरूले परिणाममुखी भूमिका खेल्ने विश्वाससमेत उनले व्यक्त गरे । 

सो अवसरमा मनोनित संयोजकहरूले सरोकारमा एजेण्डालाई सम्बन्धित निकायमा प्रभावकारी ढंगबाट उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले उद्योग र व्यापार क्षेत्रका समस्याको निरुपणमा रचनात्मक भूमिका निर्वाह गर्नेमा ऐक्यबद्धता जाहेर गरे । 
 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्