ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतीय राजदूतावासलाई अशोक लेलैण्डको एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

२०७८ बैशाख, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १०, काठमाडौं । आइएमई ग्रूपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेलैण्डले एक कार्यक्रम बीच भारतीय राजदूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु हस्तान्तरण गरेको छ ।

राजदूतावासले नेपाल भारत मैत्री बिकास साझेदारी कार्यक्रमअन्तर्गत एम्बुलेन्स उपहार स्वरूप हस्तान्तरण गरिएको बताएको छ । दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ/ संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुल बसहरु उपहार स्वरुप प्रदान गरेको हो ।

स्वास्थ्य सेवा, विशेषगरी आपतकालिन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरु उपहार स्वरूपप्रदान गरेको राजदूतावासले बताएको छ ।

राजदूतावासले बताएअनुसार सो एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बाँसवारी र धुलीखेल अस्पताललाई पुनःदिएको बताएको छ ।आइएमई मोटर्सले एम्बुलेन्ससहित विषेश सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बससहित सानातथा ठूला कमर्सियल गाडीहरु विक्रीवितरण गर्दै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्