ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

५ ओटा विकास बैंकले प्रकाशित गरे तेस्रो त्रैमासिक वित्तीय विवरण, क - कसले कति कमाए खूद नाफा ?

सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको खूद नाफा १ अर्बभन्दा बढी

२०७८ बैशाख, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १०, काठमाडौं ।  हालसम्ममा पाँच ओटा विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन् ।

मुक्तिनाथ विकास, गरिमा विकास बैंक,महालक्ष्मी विकास बैंक,ज्योति विकास बैंक र कामना सेवा विकास बैंकले वित्तीय विवरण प्रकाशित गरेका हुन् ।

वित्तीय विवरण प्रकाशित गरेका पाँच ओटै बैंकको वित्तीय अवस्थामा उक्त अवधिसम्ममा उल्लेख्य वृद्धि भएको छ । पाँच ओटा बैंकमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले खुद नाफा आर्जन गरेको छ । 

उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ४६ लाख खुद नाफा कमाएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ६७ करोड ३० लाख नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवको सोही अवधिमा ४८ दशमलव ७५ प्रतिशतले वृद्धि भएको हो । 

वित्तीय विवरण प्रकाशित गरेका ती कम्पनीमध्ये खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कामना सेवा विकास बैंकको १७२ दशमलव शून्य १ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा रू. २१ करोड ५४ लाख खूद नाफा आर्जन गरेको उक्त कम्पनीको खूद नाफा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५८ करोड ६१ लाख पुगेको छ ।  
 

पाँच ओटै बैंकको खूद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खूद नाफामा वृद्धि भएको हो । त्यसैगरी प्रतिशेयर आम्दानीको आधारमा सबैभन्दा बढी कामना सेवा विकास बैंकनै अगाडि रहेको छ । कम्पनीको  प्रतिशेयर आम्दानी रू. २९ दशमलव ४७ रहेको छ । 

मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा बढी अर्थात् रू. ८२ करोड ८७ लाखभन्दा बढी रहेको छ । एनएआरएस प्रणली अनुसार कम्पनी आर्जन गरेको खुद नाफाबाट विभिन्न शिर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।

महालक्ष्मी विकास बैंकको प्रतिशेयर आम्दानी रू. १६ दशमलव १ रहेको छ । पाँच ओटा बैंकमध्ये सबैभन्दा बढी लाभांश क्षमता मुक्तिनाथ विकास बैंकको १७ दशमलव २२ प्रतिशत रहेको छ ।

गरिमा विकास बैंकको लाभांश क्षमता १३ दशमलव ३३ प्रतिशत, ज्योति विकास बैंकको ११ दशमलव २६ प्रतिशत,कामना सेवा विकास बैंकको १४ दशमलव ६६ प्रतिशत र महालक्ष्मी विकास बैंकको लाभांश क्षमता ७ दशमलव ७० प्रतिशत रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्