ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२ अर्बभन्दा बढी कर छली गरेको  आरोपमा १६ जना आरोपीविरुद्ध मुद्दा        

२०७८ बैशाख, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १०, काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध शुक्रवार  मुद्दा चलाएको छ ।     

विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा अनिल गुप्ता एण्ड एशोसिएटसका सञ्चालक अनिलकुमार गुप्ता तथा अङ्कुश ट्रेड एण्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महतो लगायत १६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनीहरुले अर्बौंको राजस्व छली गरेको पाइएको विभागले बताएको छ ।     
     
उनीहरुले २ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बिगो बराबरको राजस्व छलि गरेकाले बिगो असुल गरी जरिवाना र कैद दाबी लिई मुद्दा दर्ता गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।     
     
 उनीहरुले विभिन्न फर्मका नाममा बिक्री भएको भनी नक्कली तथा झुट्टा बीजक जारी गरी सो बमोजिमको रकम भुक्तानी लिई असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ ।    
     
 राजस्व छलीमा गुप्ता र महतोसहित पर्साका रामचन्द्र माझी, भुलावन महरा चमार, दीपककुमार कायस्थ, वकिल देवान, अभिमन महतो, बाराका अकलीहजरा दुसाद, मुअन महरा, काठमाडौँका सरोज श्रेष्ठ, सञ्जय श्रेष्ठ, सर्लाहीका अञ्जु गुप्ता र वाणेश्वर महतो तथा उदयपुरका सरोज ढकाल, राधेश्यामप्रसाद साह, रत्नगोपाल श्रेष्ठ संलग्न रहेको विभागले बताएको छ । ¬   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्