ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

इन्फोटेक मेला गत वर्षभन्दा उत्साहजनक

२०७८ बैशाख, १३  
१० वर्ष अघि
NA

सोह्रौं क्यान इन्फोटेक पाँचौं दिनसम्ममा झन्डै साढे तीन लाखले अवलोकन गरेका छन् । क्यानको अघिल्लो संस्करण करिब २ लाख ५० हजारले अवलोकन गरेका थिए भने यसपालि मेलाको अन्तिम दिनसम्ममा चार लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । क्यानका द्वितीय उपाध्यक्ष किशोर पन्तले इन्फोटेकको यो संस्करण पनि सफल भएको र क्यानले लिएको लक्ष्य पूरा भएको बताए ।

मेलामा सहभागी व्यापारीहरूले अहिले नै व्यापारको तथ्यांक दिन नमाने पनि टिकट झन्डै तीन लाखको हाराहारीमा विक्री भएकाले राम्रै व्यापार भएको उनको अनुभव छ । यसअघिका संस्करणमा प्रायः सूचना प्रविधिसँग सम्बन्धित व्यक्तिले मात्रै मेला अवलोकन गर्ने गरेकोमा यसपालि सबै क्षेत्र, वर्ग र उमेरका मान्छेले मेला अवलोकन गरेको आयोजकले बताएको छ । आइसीटी एसोसिएसन अफ नेपालका अध्यक्ष सागरेदव लाखे पनि मेला सफल भएको बताउँछन् । आधिकारिक रूपमा आफूले विक्री गर्दै आएको ब्रदर्स ब्रान्डको उत्पादन र कास्पस्र्की एन्टीभाइरस सफ्टवेयरको व्यापार राम्रो भएको र यसपालिको मेलामार्फत ब्रदर्शका दुई र कास्पस्र्कीका तीन गरी पाँच नया उत्पादनहरू नेपाली बजारमा ल्याएको उनले बताए । यो संस्करणमा दर्शकलाई सबैभन्दा बढी नयाँ प्रविधि ‘नोटबुक’ ले आकर्षित गर्‍यो ।

वर्ष ५, अंक २०, २०६६, माघ ४–१०

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्