ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

किन बिकेन राष्ट्र बैंकको रिपो ?

२०७८ बैशाख, १४  
१० वर्ष अघि
NA

बैंकहरूले पूरे रिपो स्वीकार नगर्नुका कारण बजारमा तरलताको अभाव नै नभएको भनेर भन्न मिल्दैन । बैंकलगायतका संस्थाहरू मुख्य रूपमा लगानीबाट प्राप्त हुने अनुमानित मुनाफा दरमा वा कर्जाको ब्याजदरमा केन्द्रित हुन्छन् । केन्द्रीय बैंकको ब्याजदर उच्च भएपछि बैंकहरूले दिने कर्जाको ब्याजदर पनि स्वतः त्यो भन्दा उच्च हुन्छ । यसले बैंकहरूको कर्जा प्रवाह वा लगानी घट्ने सम्भावना पनि रहन्छ । बैंकहरूको अधिकतम लगानीको क्षेत्र रियल इस्टेट तथा घरजग्गा रहेको छ । राष्ट्र बैंकले त्यो क्षेत्रबाट पैसा उठाएर लगानी बढाउनुपर्ने गरी सीमा तोकिदिएको छ । चाँडै प्रतिफल आउने र सुरक्षित खालको लानीका क्षेत्रहरूको अभाव रहेका बैंक तथा वित्तीय संस्थाहरूको भनाइ रहँदै अएको छ । ब्जाजदर उच्च हुँदा कर्जा प्रवाहमा कमी आउँछ । यसले नयाँ तथा पुराना दुवै क्षेत्रहरूमा लगानी कम हुन जान्छ । लगानी घट्दा देशमा विभिन्न क्षेत्रका उद्योगधन्दाको विकास माथि प्रतिकूल असर पर्ने हुँदा यसले बेरोजगारी दरलाई बढाउँछ । यस सन्दर्भमा राष्ट्र बैंकले ब्याजदर बढाउनु भनको समग्र अर्थतन्त्रको स्वास्थ्यका लागि हानिकारक हो ।

वर्ष ५, अंक २०, २०६६, माघ ४–१०

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्