ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भरतपुरमा सवा करोड लागतमा  बालउद्यान निमार्ण कार्य शुरु 

२०७८ बैशाख, १४  
वाग्मती प्रदेश
Image Not Found
बाल उद्यान निर्माण स्थल
author avatar अभियान संवाददाता

वैशाख १४, चितवन ।  आन्तरिक पर्यटकलाई लक्षित  गर्दै भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित श्री नवजागृति सामुदायिक वनमा ईको पार्कको अवधारणा अन्तर्गत बाल उद्यान निर्माण शुरु गरिएको  छ । 

१ करोड २५ लाख रुपैयाँको लागतमा श्री नवजागृति सामुदायिक वन उपभोक्ता समुह भरतपुर वडा नम्बर ११ र भरतपुर महानगरपालिकाको साझेदारीमा उक्त बाल उद्यान निर्माणकार्य शुरु गरिएको हो ।बाल उद्यानको लागि पहिलो चरणमा ३७ लाख ८५ हजार ६३२ रुपैयाँ बजेट विनियोजन भएको उपभोक्ता समितिका उपाध्यक्ष नारायण बहादुर केसीले बताए ।

जसमध्ये ३० लाख रुपैयाँ महानगरले र बाँकी ७ लाख ८५ हजार ६३२ रुपैयाँ सामुदायिक वनले लगानी गर्ने सम्झौता भएकोे छ । बाँकी रकम प्रदेश सरकार,पर्यटन बोर्ड, वन उपभोक्ता समुह र अपुग भएको रकम महानगरले पुनः थप सहयोग गर्ने गरी निर्माणको काम शुरु गरिएको उनले जानकारी दिए  ।

करीब दुई हेक्टर क्षेत्रफलमा विसं २०७८ असार मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।सामुदायिक वनमा निर्माण हुन लागेको बाल उद्यान आकर्षणको लागि जैविक विविधता, प्राकृतिक सौन्दर्यताको झल्को देखाउने संरचनाहरु निर्माण गरिने उनले बताए । 

बालबालिकालाई लक्षित गर्दै वन वातावरण र वन्यजन्तुको महत्व , शिक्षा तथा संरक्षणको जनचेतना जगाउने उद्धेश्यले जैबिक विविधता म्युजियमसमेत राखिने छ । योसहित बालबालिकालाई मनोरञ्जन दिनका लागि, मिनी सुइमिङ् पुल, चिप्लेटी, फोटो पार्क, आकर्षक फूलबारी ढुङ्गाभित्र फूललगायतको संरचना निर्माण गरिनेछ । 

भरतपुर महानगरपालिकाको २९ ओटा वडाहरुमध्ये भरतपुर महानगरपालिका वडा नम्बर ११ मा सबैभन्दा बढी जनसंख्या भएको हुँदा आन्तरिक पर्यटकलाई लक्षित गर्दै उक्त पार्क निर्माण गर्न लागेको वडाका अध्यक्ष बाबुराम अधिकारीले बताए ।

पार्क निर्माणपछि सामुदायिक वनको आयस्रोत बढ्ने तथा स्थानीयको जीवनस्तर उकास्नसमेत टेवा पुग्ने उनको भनाइ छ । भरतपुरको केन्द्रमा रहेकोले आगामी दिनमा पर्यटनको हब हुने भन्दै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने वडाध्यक्ष अधिकारीले बताए ।

साँढे चार हेक्टर क्षेत्रफलमा रहने इको पार्कका अन्य संरचनाहरु आगामी आर्थिक वर्षमा निर्माण गर्दै जाने योजना रहेको उनले बताए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्