ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

९ महीनामा कृषि विकास बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ४३ करोडभन्दा बढी 

२०७८ बैशाख, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । कृषि विकास बैकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार प्रकाशित गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ४३ करोडभन्दा बढी रहेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा आर्जन गरेको खुद मुनाफालाई एनएफआरएस प्रणाली अनुसार विभिन्न शिर्षकमा छुट्याएक पछिको नाफा नै वितरणयोग्य नाफा हो । 

कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. २ अर्ब ७ करोड ३० लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तेस्रो त्रैमासमा रू. २ अर्ब ४ करोड ४६ लाख थियो । 

चुक्तापूँजी रू. १६ अर्ब ४२ करोड २६ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. १० अर्ब ११ करोड ९ लाख र रिटेन्ट अर्निङमा रू. ४ अर्ब ३ करोड २० लाख सञ्चित गरेको छ ।  
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ खर्ब ४५ अर्ब ३६ करोड ९ लाख निक्षेप संकलन गरेर रू. १ खर्ब ४५ अर्ब ९४ लाख ९ लाख कर्जा लगानी गरेको छ । 

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव १९, मूल्य आम्दानी अनुपात २० दशमलव शून्य ५गुणा र प्रतिशेयर नेटवर्थ रू.२२६ दशमलव ४७ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्