ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मंगलवार सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ भने बढ्यो

२०७८ बैशाख, १४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार स्थिर रहेको सुनको भाउ मंगलवार रू. १०० ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको थियो । 

यस्तै, मंगलवार चाँदीको मूल्य भने बढेको रहेको छ । सोमवार प्रतितोला १ हजार ३१० मा कारोबार भएको चाँदी मंगलवार रू. ५ ले वृद्धि भएर रू. १ हजार ३१५ मा खरीदविक्री भइरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्