ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कारोबारमा आएको २६ औं दिनमा पनि महिला लघुवित्तको शेयर मूल्य ९.९६ % वृद्धि

२०७८ बैशाख, १४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं ।  महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य कारोबारमा आएको २६ औं दिनमा पनि  ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ ।

शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ५८३ पुगेको छ । कारोबारमा आएको शुरुको तिन दिन कम्पनीको शेयर मूल्य रू. ४४६ मा कारोबार भएको थियो ।

त्यसपछिको कारोबार दिनमा लगातार  ९ दशमलव ९ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ । कारोबारमा आएको २६ औं दिनसम्ममा पनि उक्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण कायमै रहेको छ । महंगो भएपनि कम्पनीको शेयर खरीदगर्नेहको संख्या धेरै भएकाले शेयर मूल्य बढेको हो । 

यो समाचार तयार पार्दाको समय ११ : ४८ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयर खरीद माग २ लाख २ हजार ९२८ कित्ता छ भने विक्रेता शून्य रहेको छ ।
 

प्रतिक्रिया [1]
User Image

Ramram

[Apr 27, 2021 07:19am]

Qarterly report ra yasle dine lavansa paxi thaha hunxa gati. Yastaima paisa halne le ho sucide garne.


प्रतिक्रिया दिनुहोस्