ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो घण्टामा १.८९ % ले बढ्यो नेप्से परिसूचक (१२ बजेको अपडेट)

२०७८ बैशाख, १४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । मंगलवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ४७ दशमलव ३७ अंकले बढेर २ हजार ५५३ दशमलव ९८ विन्दुमा पुगेको छ ।   

२ हजार ५०६ दशमलव ५२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ८९ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा २०५ ओटा कम्पनीको १६ हजार ७५३ पटकको कारोबारमा २१ लाख ५१ हजार १९२ कित्ता शेयरको रू. १ अर्ब २० करोड २१ लाख ६२ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा विशाल बजार कम्पनी र महिला लघुवित्त को शेयरमल्ूय सर्वाधिक ९ दशमलव ९९ र ९ दशमलव ९६ प्रतिशतले बढेको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य १ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६ करोड ६३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ७९७ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्