ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णयपछि गाउँ फर्किन बाध्य सर्वसाधारण(फोटो फिचर) 

२०७८ बैशाख, १४  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर शुरु  भएसँगै नियन्त्रणका लागि उपत्यकामा वैशाख १६ गते बिहीवारदेखि एक हप्ता लामो  निषेधाज्ञा लागू हुने  भएपछि घर जाने यात्रुको भीडभाड बढेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमवार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको संख्यामा बढेको हो ।

दुई दिन यात्रुलाई घर जाने समय दिने निर्णयपछि मंगलवार बिहानैदेखि कोटेश्वर, बल्खु, कलंकी तथा नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।उनीहरु गह्रुंगा झोला बोकेर गन्तव्यतिर हिंडिरहेको देखिएको छ ।

त्यसो त लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । कतिपय यात्रुले टिकट नपाउँदा अन्यौल बढेको बताएका छन् । तर लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि टिकट अभाव भएको यातायात व्यवसायी महासंघले बताएको छ ।

 

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए । 

ट्राफिक प्रहरी महाशाखा रामशाहपथ अनुसार पछिल्लो २४ घण्टामा कम्तीमा ५० हजार ४५६ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

तस्वीरहरु : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्