ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१.७५ % ले बढेको बजारमा अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७८ बैशाख, १४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । मंगलवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४३ दशमलव ८६ अंकले बढेर २ हजार ५५० दशमलव ४८ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक  १ दशमलव ७५ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा २०९ ओटा कम्पनीको रू. २ अर्ब ६६ करोड ३३ लाख २८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयरमल्ूय सर्वाधिक ९ दशमलव ९९ र ९ दशमलव ९६ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १३ करोड ४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८०० मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ४ दशमलव २९ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्